धादिङ-जाडो समय नजिकिएसंगै डेंगु संक्रमित संख्या घट्न थालेको छ । बुधबार मात्र धादिङमा थप ५ जनामा डेंगु संक्रमित भेटिएको छ । नीलकण्ठ नगरपालीकाको २ जना र ज्वालामखी गाउँपालिकाको ३ जनामा संक्रमण भेटिएको हो ।
जिल्लाको तथ्यांक हेर्दा कुल संक्रमित संख्या धादिङको निलकण्ठ नगरपालिकाको २६ सय ७६ जना संक्रमित भईसकेको छ । धुनिवेशिको नगरपालीकाको १४ जना ,थाक्रेको ११ , गल्छीको २० , बेनिघाट रोराङको १ सय ७, सिद्धलेकको १ सय ३८,ज्वालामुखीको १ सय ५५ , त्रिपुरासुन्दरीको ८७, गंगाजमुनाको ३१, नेत्रवाती डबजोङको १८ , खनियावासको २०, रुबिभ्याली १९ जना रहेको स्वस्थ्य कार्यलय धादिङले जानकारी दिएका छन् ।
जिल्लाको विवरण हेर्दा हालसम्म पुरुष १६ सय २२ र महिला १७ सय ३७ जना रहेको छ । ३३ सय ६९ जना संक्रमण पुष्टि भईसकेको छ