
काठमाडौं । सन्तोष अधिकारी फिल्मस्को व्यानर एबम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको चलचित्र ‘चित्रा’को छायांकन सकिएको छ। कलाकार र प्राविधिकहरुको मेहेनेतका कारण चलचित्रको छायांकन एक महिनामै सकिएको निर्माणपक्षले जनाएको छ ।
चलचित्रको छांयाकन सकिएको घोषणासँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि तय गरेको छ। चलचित्रलाई माघे संक्रान्तीको छेको पारी पौषको २७ गतेबाट नेपाल र अष्ट्रेलियामा रिलिज गरिने चलचित्रका निर्माता तथा कलाकार सन्तोष अधिकारीले बताएका छन ।