काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना रहेको भन्दै त्यसको सदुपयोग गर्न गैरआवासीय नेपाली सङ्घ एनआरएनए लाई आग्रह गरेका छन् । मंगलबार राजधानीमा सुरु भएको एनआरएनएको ११ औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।
‘नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग नगर्नुहोस् । र, तपाईँहरु बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस्’, राष्ट्रपतिले भने ।
देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सके मात्र विकास र समृद्धि हुन सक्ने भन्दै राष्ट्रपतिले यसतर्फ एनआरएनएको ध्यानाकर्षण गराए । यसो भएमा नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुने राष्ट्रपतिको भनाइ छ ।