Sat. Mar 1st, 2025

फिल्म निर्माता खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद’लाई ‘युनिभर्स’ शैलीमा लैजाने तयारी

काठमाडौं – हलिउडमा पहिल्यैदेखि ‘युनिभर्स’मा आधारित फिल्म निर्माणको ट्रेन्ड छ । मार्वल र डीसी सिनेम्याटिक युनिभर्स हलिउडका ठूला सिनेमा ब्रह्माण्ड हुन् ।

बलिउडमा समेत यशराज फिल्म्सले स्पाइ र रोहित सेट्टीले कप(युनिभर्स निर्माणको घोषणा गरिररहेका छन् । जसअनुसार धमाधम फिल्म पनि रिलिज भइरहेका छन् ।

अब नेपालमा समेत यसको चर्चा सुरु भएको छ । फिल्म निर्माता, अभिनेता र निर्देशक खगेन्द्र लामिछानेले ‘पशुपतिप्रसाद ब्रह्माण्ड’मा फिल्म बनाउने संकेत गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा लामिछानले आफूहरु यो फिल्मको युनिभर्स बनाएर अघि बढ्ने सोचमा रहेको बताए ।

About The Author

अन्य समाचारहरु: