Tue. Nov 26th, 2024

शेयर बजार २० अङ्कले घट्यो, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

काठमाण्डौ – शेयर बजार नेप्से आज बिहीवार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव १६ अङ्कले घटेर एक हजार आठ सय ७४ दशमलव ६० विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । यो हप्ताको एक दिन सामान्य बढे पनि बाँकी चार दिन शेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भयो । आइतवारदेखि आज बिहीवारसम्म नेप्से ८२ अङ्कभन्दा धेरैले ओरालो लागेको छ ।

आज ७५ लाख ५८ हजार कित्ता शेयर एक अर्ब ७० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर १६ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ ।

About The Author

अन्य समाचारहरु: