Fri. Mar 7th, 2025

अर्थतन्त्रको समस्या टालटुले तरिकाले समाधान हुन्नन् :प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमाथि परेको दबाबलाई समाधान गर्न नीतिगत रुपमा ठूलो निर्णय गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहसुकार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रम बनाउने नीति, प्रक्रिया र विधि बजेट निर्माणको प्रक्रिया र विधिमा पनि गम्भीर आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरे ।

उनले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमा सरकारले अपनाउँदै आएका नीतिका सन्दर्भमा मेजर अप्रेसनतर्फ जाने गरी सोचिरहेको बताए । उनले अर्थतन्त्र सुधारका टालटुले तरिकाबाट अहिलेका समस्याको समाधान दिगो रुपमा गर्न सम्भव नरहेको बताए ।

About The Author

अन्य समाचारहरु: