Tue. Nov 26th, 2024

किष्ट अस्पतालमा एकसाथ कलेजो र मिर्गौला प्रत्यारोपण

काठमाडौं – ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण गरेको हो ।

अस्पतालका निर्देशक प्रा।डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।

‘हामीले एकै व्यक्तिको शरीरका महत्वपूर्ण अंग कलेजो र मिर्गौला दुवैको एक साथ प्रत्यारोपण सफल गरेका छौं । जुन नेपालको इतिहासमै पहिलो पटक हो,’ डा। बज्राचार्यले भने ।

About The Author

अन्य समाचारहरु: