Fri. Mar 7th, 2025

रेमिट्यान्सको ६८.४१ प्रतिशत घरजग्गामा खर्च

काठमाडौँ — वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्समध्ये करिब साढे ६८ प्रतिशत घरजग्गा खरिदमा खर्च भएको नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

वैदेशिक रोजगारीमा संलग्न श्रमिक र परिवारका सदस्यले त्यहाँबाट पठाएको रकम एकभन्दा बढी क्षेत्रमा लगानी गरेको र सबैभन्दा बढी औसत ६८।४१ प्रतिशत घर निर्माण वा घरजग्गा खरिदमा खर्च हुँदै आएको प्रतिवेदनले औंल्याएको हो । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयले ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ शीर्षकमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो ।

घरजग्गा निर्माण तथा खरिदपछि रेमिट्यान्समार्फत प्राप्त रकम बैंक बचतमा ६६।०२, सुनरचाँदी खरिदमा ५२।६७, व्यापार व्यवसायमा १२।२७, सामाजिक कार्यमा १२।०१, व्यक्तिगत लगानीमा ९।१४ र सेयर खरिदमा ४।४४ प्रतिशतले लगानी हुँदै आएको प्रतिवेदनले जनाएको छ ।

रेमिट्यान्समार्फत प्राप्त रकमको सबैभन्दा बढी ५८।७८ प्रतिशत दैनिक उपभोगमा खर्च हुँदै आएको पनि प्रतिवेदनको निष्कर्ष छ । ‘अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न श्रमिकको पारिवारिक खर्च संरचनामा सबैभन्दा बढी दैनिक उपभोगमा ५८।७८, शिक्षा र स्वास्थ्यमा २२।४८, ऋण तिर्न १०।०७ र मनोरन्जन तथा अन्यमा ८।६७ प्रतिशत खर्च गर्ने गरेका छन्,’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

About The Author

अन्य समाचारहरु: