Fri. Jan 31st, 2025

जनताको घरदैलोमै सेवा दिन एकिकृत घुम्ती शिविर

धादिङ– नीलकण्ठ नगरपालिका वडा नम्बर १३ को बिमिरेमा एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।

नागरिकको घरदैलोमै पुगि सेवा दिने उद्देश्यले एकिकृत घुम्ती शिविरको आयोजना गरिएको हो ।
शिविरमा कृषि तथा भेटेरेनरी, अपाङ्गता परिचय पत्र वितरण, सामान्य स्वास्थ्य परामर्श, आयुर्वेद सेवा, सुरक्षित वैदेशिक रोजगार तथा कानूनी परामर्श सेवा, मनोविमर्श सेवा लगायतका सेवाहरु प्रदान गरिएको छ ।

शिविरमा ज्येष्ठ नागरिक परिचय पत्र २२ जना, अपाङ्गता परिचय पत्र ५ जना, महिलाहरुको भिआईए स्वास्थ्य परिक्षण ११ जना, सामान्य स्वास्थ्य परिक्षण ७७ जना, आर्युवेदिक स्वास्थ्य सेवा ७३ जना, वैदेशिक रोजगार परामर्श सेवा ६८ जना तथा पशु सेवा सम्बन्धी ६० जना गरि ३ सय १६ जनाले सेवा लिएको नीलकण्ठ नगरपालिकाका पशु प्राविधक सुवास खतिवडाले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: