
काठमाडौं – आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन्
प्रसाद(२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई दिन हिरासतमा राखेर उनलाई हाजिरी जमानीमा छाडेको थियो ।
जाहेरीअनुसार प्रसाद(२ का निर्माताले आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्याएकी दाबी गरेका छन् । थापा र श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले बतायो ।