Fri. Mar 7th, 2025

बढ्यो सुन चाँदीको मूल्य

काठमाडौं – आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य एक लाख सात हजार ६००, तेजावी सुनको मूल्य एक लाख सात हजार १०० र चाँदीको मूल्य एक हजार ३३० रुपैयाँ तोकिएको छ ।

यस अघि शुक्रबार एक लाख सात हजार ३०० मा छापावाल सुन, एक लाख ६ हजार ८०० मा तेजावी सुन र एक हजार ३१० रुपैयाँ तोलामा चाँदीको खरिदबिक्री भएको थियो ।

About The Author

अन्य समाचारहरु: