धादिङ – शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक आर्थिक वर्षमा पाँच लाख ८२ हजार नाफा कमाएको छ । सहकारीले शनिबार धादिङबेसीमा तेश्रो वार्षिक साधारणसभा गर्दै सहकारीको हिसाव सार्वजनिक गरेको हो ।
एक करोड ४८ लाख ९७ हजार निक्षेप संकलन गरेको सहकारीले एक करोड ७६ लाख ४४ हजार ऋण लगानी गरेको छ । संस्थामा २०८० असार मसान्तसम्म ३२ लाख ७४ हजार शेयर पुँजी रहेको संस्थाका कोषाध्यक्ष इन्द्र बहादुर श्रेष्ठको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षक पेशागत हकहितका लागि र शिक्षकहरुले आफ्नै सहभागितामा सहकारीको माध्यमबाट आफ्ना सानातिना गर्जाे टार्न बैंक तथा वित्तिय संस्थाहरुको भर पर्न नपरोस् भन्नाका लागि समान उद्देश्य, पेशा, व्यवसाय भएका मानिसहरु मिलेर सहकारी संचालन गरिरहेको संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तले बताए । सहकारीमा हाल तीन सय १५ पुरुष र दुई सय ६५ महिला गरी पाँच सय ८० जना शेयर सदस्य छन् ।