Tue. Nov 26th, 2024

धादिङबेसीका तीन वटा खाद्यन्न पसल तथा स्टोरलाई जरिवाना

धादिङ– धादिङबेसीका तीन वटा खाद्यन्न तथा किराना पसल जरिवानामा परेका छन् । धादिङबेसी बजारका किराना पसलहरु अनुगमनको क्रममा म्याद नाघेका खाद्यन्न बेच्ने र मापदण्ड विपरित संचालन भएका पसल तथा व्यवसायी जरिवानामा परेका हुन् ।

म्याद सकिएको चामल विक्रिको लागि राख्ने आरवि ईन्टरप्राईजेजलाई ५ हजार र चद्रकाली सप्लार्यसलाई ५ हजार जरिवाना गराईएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुलीले बताए ।

लापर्वाहि ढंगबाट पसल खाद्य स्टोर संचालन गर्ने लिला किराना स्टोर सबैभन्दा बढी जरिवानामा परेका छन् । अनुमति विना कुटानीपिसानी मिल संचालन गरि उत्पदान र प्याकेजिङ गरेको पाईएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ अनुसार लिला किराना स्टोलाई जरिवाना गराईएको पराजुलीले बताए ।

अनुगमन टोलीले म्याद नाघेका चामल, दाल लगायत ६० हजार बराबरको खाद्यन्न जफत गरेको छ । उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा बजार अनुगमन तीव्र भईरहेको छ ।

About The Author

अन्य समाचारहरु: