धादिङ-प्रतिनिधि सभा संसदको बैठकलाई सम्बोधन गर्दै शिक्षकहरुको चाहना अनुसार संवैधानिक शिक्षा सेवा आयोग गठन हुनुपर्ने नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले बताएको छ ।
संवैधानिक शिक्षा सेवा आयोगले सम्पूर्ण शिक्षकहरुको पेशाको ग्यारेन्टी हुने र गुणस्तरीय शिक्षा व्यवस्थापन गर्न सक्ने भएकोले संवैधानिक शिक्षा सेवा आयोग गठन हुनुपर्ने बताए । विद्यालय शिक्षा विधेयक २०८० सर्वत्र चिन्ता र चासोको विषय भएकोले सांसद अधिकारीले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।
संविधानमा उल्लेख भएका ऐन नियमहरु स्थानिय तहमा पनि लागु गरिनुपर्ने बताउँदै सांसद अधिकारीले शिक्षण काउन्सीलको व्यवस्था भए शिक्षक पेशामा आवद्धहरु खुशी हुने बताए । शिक्षण पेशालाई मर्यादित र व्यस्थित बनाउन द्धन्द्ध पिडित परिवारबाट शिक्षण पेशामा रहेका शिक्षकहरुको पेन्सनको व्यवस्था शिक्षा सेवा आयोगमा पनि गठन हुनुुपर्ने सांसद अधिकारीले बताए ।
मुलुकी ऐनमा कार्यरत शिक्षकहरुको हकमा शैक्षिक योग्यता साविककै व्यवस्था कायम नभए विदेश जानेको संख्या बढ्ने भएकोले नेपाल सरकारले सवैलाई स्विकार्य कानून निर्माण गर्नु पर्छ’ ;सांसद अधिकारीले भने ।