Tue. Mar 4th, 2025

संविधान भदौ १५ भित्र

mahesh-basnet-400x312

३० साउन, भक्तपुर –  उद्योगमन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १५ गतेभित्र कुनै हालतमा जारी हुने जिकिर गरेका छन् । दूधपाटीस्थित ज्ञान विजय निमाविका विद्यार्थीलाई छात्रवृत्ति एवम् पोसाक वितरण कार्यक्रममा उहाँले दलहरुबीचको शक्ति सन्तुलन र सबैको भावनालाई समेट्नुपर्ने अवस्थाका कारण बनेको छ प्रदेश वैज्ञानिक भएको बताए । mबजभकज(दबकलभत

“चार दलबीच भएको सहमतिमा जातीय राज्य नबनाउने, विखण्डन हुने गरी एक मधेस एक प्रदेश नबनाउने र सबैको धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने गरी संविधान ल्याउन भएको सहमति अहिलेको ठूलो उपलब्धि हो” – नेकपा९एमाले०का नेता बस्नेतले भने । सो अवसरमा मन्त्री बस्नेतले आफ्नो कृति ‘म महेश’ को बिक्रीबाट आएको पहिलो रकम रु पाँच हजार र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायले आफूआबद्ध खेलकुद संस्थाको रु २५ हजार सोही विद्यालयका विद्यार्थीलाई इन्टरनेट सञ्चालन गर्नका लागि हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले सामुदायिक विद्यालय पनि संस्थागत विद्यालयभन्दा कम नभएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोदचरण राय, प्रअ बालकृष्ण श्रेष्ठ, बाल विकास समाजका कार्यक्रम संयोजक किरण थापालगायतले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार भए पनि विद्यार्थीले संस्थागत विद्यालय छाड्न थालेको गुनासो गरे ।

सो अवसरमा ११० विद्यार्थीलाई सरकारले उपलब्ध गराएको जनही रु एक हजारका दरको छात्रवृत्ति र सहयोगी निमा शेर्पाले उपलब्ध गराएको विद्यालय पोसाक वितरण गरिएको थियो । रासस

About The Author

अन्य समाचारहरु: