काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।
आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा अध्यक्ष ओलीले सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको भन्दै जुनसुकै फाइल खोल्न चुनौती दिएको हो । उनले ललिता निवास जग्गा प्रकरणको फाइल खोले पनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताए । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरूलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको उनले टिप्पणी गरे । यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ुब्ल्याकमेलिङु बाट आफूहरू नतर्सिने ओलीको भनाइ छ ।