काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । ५.१९ अंकले बढेको बजार १९७६.२९ विन्दुमा रोकिएको हो । यो ०.२६ प्रतिशतको वृद्धि हो ।
सोमबार होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसूचकबाहेक सबै उपसूचक हरियो देखिए पनि बजारमा ठूलो वृद्धि भने देखिएन ।
सोमबार कुल २८६ धितोपत्रको ८५ हजार ५९१ वटा कारोबारबाट ५७ लाख ७६ हजार ८९६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।
सोमबार सीवाईसी नेपाल लघुवित्त, सयपत्री हाइड्रोपावर, इन्फिनिटी लघुवित्त र सामुदायिक लघुवित्तको सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।