
काठमाडौं- सुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।
यो सँगै पछिल्लो ६ दिनमा मात्रै सुनको भाउ ४ हजार ३०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेर १ लाख ७ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।