Tue. Nov 26th, 2024

दोलखामा ढुङ्गाले च्यापेर राखेको अवस्थामा ४ किलो सुन बरामद

काठमाण्डौ – दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ लामाबगरबाट आज आइतवार ढुङ्गामुनि लुकाइरहेको अवस्थामा चार किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गएको बुधवार राति तीन किलो र शुक्रवार चार किलो सुन बरामद भएको थियो । योसँगै दोलखाबाट पछिल्लो पाँच दिनमा ११ किलो सुन बरामद भएको छ । गएको बुधवार र शुक्रवार बरामद भएको तस्करीको सुनको अनुसन्धान गर्दै जाँदा आज थप चार किलो सुन भेटिएको प्रहरीको भनाइ छ ।

चीनसँगको फलेक नाका बन्द भए पनि यो सुन फलेक नाकाबाटै तस्करी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

About The Author

अन्य समाचारहरु: