Fri. Mar 7th, 2025

दसैँको मुखमा चर्को मूल्यवृद्धि, उपभोक्ता आक्रोशित

काठमाडौँ- हिन्दु नेपालीहरूको महान् चाड दसैँको मुखमा मूल्यवृद्धिलाई प्रशय दिने काम गरेको भन्दै सरकारले अर्को विरोध भएको छ ।

प्रभावकारी बजार अनुगमन नभएर कालोबजारी बढेको टिका टिप्पणी भइरहँदा नेपाल आयल निगमले सर्वसाधारणलाई थप भार पर्ने गरी फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै उपभोक्ता आक्रोशित बनेका हुन् । निगमले स्वचालित मूल्य प्रणालीको नाममा एक पछि अर्को गर्दै मूल्यवृद्धिको निर्णय गर्दै आएको छ ।

सरकारले महँगीको मारमा परेका जनतालाई सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउनुपर्नेमा त्यस विपरीत झन् मूल्यवृद्धिलाई नै प्रशय दिने र उपभोक्ताको ढाड सेक्ने काम गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आफूले विगत ४० वर्षदेखि उपभोक्ता अधिकारकै क्षेत्रमा निरन्तर काम गरेको उल्लेख गर्दै पछिल्लो समयमा बढेको महँगी सबैभन्दा बढी भएको तर्क गरे ।

About The Author

अन्य समाचारहरु: