धादिङ– विश्व मुटु दिवस धादिङमा प्रभातफेरी गरी मनाइएको छ । ‘मन लगाउ, आफ्नो मुटु आफै बनाउ’ भन्ने नाराका साथ मुटु दिवस मनाएको हो ।
हरेक बर्षको सेप्टेम्बर २९ तारिखको दिन मनाउदै यो दिवस मनाउँदै आएको छ । आफ्नो मुटुलाई आँफै स्वास्थ राख्नु पर्छ भन्ने सन्देशसहित धादिङका सरोकारवाला निकायले संंयुक्त रुपमा मनाएको हो । नेपालमा पनि मुटु रोगका कारण बिरामी अत्याधिक बढ्दै गएका कारण विभिन्न चेतनामुलक कार्यक्रम गरी मुटु दिवास मनाउने गरेको छ ।
विश्व मुटु फेडेरेशन र विश्व संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरेको छ ।