काठमाण्डौ – नेपाली पब्जी टोली १९ औँ एसियाली खेलकुदको सेमिफाइनलमा पुगेको छ । चीनको हान्झाउमा चलिरहेको प्रतियोगिताअन्तर्गत ई–स्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन पब्जी मोबाइलमा नेपाली टोली सेमिफाइनलमा पुगेको छ ।
आज शुक्रवार भएको एलिमिनेसन राउन्डको समूह सी मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो । यो समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ । हङकङ शीर्ष स्थानमा रह्यो । समूह सी मा नेपाल, हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए ।
यस्तै समूह ए बाट दक्षिण कोरिया र थाइल्यान्ड, समूह बी बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह डी बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन् ।
पब्जीमा नेपालको खेलाडीमा कप्तान सुबिन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन्