धादिङ – क्यान्सरबाट पीडित बनेको मलेखुका शिक्षक तोमराज सिलवाललाई सहयोगका लागि अनेरास्ववियु धादिङले अपिल गरेको छ ।
जिब्रोको क्यान्सरबाट पीडित बनेका धादिङ बेनिघाट गाँउ विकास समितिका शिक्षक सिलवाल सानैदेखि क्यान्सर पीडित छन् । जय बागेश्वरी बहुमुखी क्याम्पसमा अध्यापन गराइरहेका सिलवालले अहिलेसम्म उपचारका लागि ६० लाख खर्च गरिसकेका छन् । डाक्टरका सल्लाह अनुसार उपचारका लागि डेढ करोड भन्दा बढी खर्च गर्नुपर्ने हुन्छ ।
सहयोगका लागि अनेरास्ववियु धादिङले अनेरास्ववियु धादिङ्ग जिल्ला कमिटिका सह सचिव विवेक अर्यालको संयोजकत्वमा क्याम्पसमा कबखभ यगच तभबअजभच अभियान चलाएका छन् ।
१५ वर्ष अगाडि जिब्रोमा सानासाना विविरा आउने र चिलाउने समस्या देखिएको थियो । त्यसपछि उपचार गर्दै जादा क्यान्सर भएको थाहा भयो । उपचारका लागि धेरै पैसा खर्च गरिसक्यो तर पनि कम भएको छैन – उनी भन्छन् । उनका छोरा पनि क्यान्सरकै रोगका कारण मृत्यु भएको थियो ।