विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै छ । पालिका र जनवर्गीय संगठनबाट ९९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।