Thu. Apr 10th, 2025

एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित

काठमाडौं –नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान प्रक्रिया अनिश्चित बनेको छ । एमालेले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार आज बिहीबार बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसके पछि मतदान कार्यक्रम अनिश्चित बनेको हो ।

यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए । उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझ ४ बजेदेखि मतदान सुरु हुनसक्ने जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: