
काठमाण्डौ – नेपालमा ५७ वटा देशको साढे दुई खर्ब रुपैयाँभन्दा धेरै वैदेशिक लगानी रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार गएको वर्षको असार मसान्तसम्ममा नेपालमा ५७ वटा देशको दुई खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
यो रकममध्ये भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१ दशमलव १ प्रतिशत रहेको पाइएको छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर झन्डै १४ दशमलव ३ प्रतिशत रहे