इतिहासमा मठ–मन्दिरको यात्रामा सीमित तीर्थालु जात्रुको रूपमा नेपाली आज देशका छेउकुना धार्मिक भावले मात्रै पुगिरहेका छैनन् । उनीहरू खर्चालु पर्यटक पनि भइसकेका छैनन् । उनीहरू ब्लगर वा फोटोग्राफर मात्रै पनि छैनन् । फुर्सदको सदुपयोग मात्रै पनि उनीहरूको यात्राको उद्देश्य होइन । यातायात एवं सूचना–प्रविधिको विस्तारका कारणले मात्रै पनि नेपालीमा बढ्दो घुमघामको संस्कार होलिडे कल्चर बढेको होइन ।
नेपालीले विदेशीको सिको गरे भनेर पनि भनिहाल्न मिल्दैन । तीन तहका सरकार एवं मन्त्रालयको पर्यटन नीति वा पर्यटन पूर्वाधारले काम ग¥यो कि भन्दा त्यस्तो पनि देखिंदैन । नेपालका पर्यटन व्यवसायीहरू आत्मनिर्भर हुँदैछन्, यो पनि सत्य प्रतीत हुँदैन । आर्थिकस्तर बलियो भएकाहरू मात्रै घुमिरहेका छन् भन्ने पनि होइन ।
वैदेशिक रोजगारी, नयाँ नयाँ इलम, व्यापार(व्यवसाय, राष्ट्रिय(अन्तर्राष्ट्रिय गैससको जागिरले घुमायो कि भनेर शङ्का गर्न सकिएला, तर यो मात्रै पनि कारण होइन । कोरोनापश्चात् नेपालीमा होलिडे कल्चर बढ्यो भन्दाखेरि पनि त्यसअघिदेखि यो संस्कृति विकास भएको भेटिन्छ । सरकारको भ्रमण वर्षहरूको प्रभाव भन्नलाई पनि भ्रमण वर्षहरूको प्रभाव राम्रो भेटिंदैन ।