काठमाडौं – नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् ।
पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् ।मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् ।