
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको हाङझाउ विमानस्थलमा पुगेको छ । आठ दिने चीन भ्रमणका क्रममा आज बिहान हाङझाउ विमानस्थल पुगेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई १९औँ एसियाली खेलकुदको उद्घाटन हुने क्षेत्र हाङझाउमा चीन सरकारका खेलकुदको सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक समितिका अध्यक्ष गाओ झिदानले स्वागत गरेको छ ।प्रधानमन्त्री आज हाङजाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, आजै उनले हाङझाउमा नै चिनियाँ राष्ट्रपति सी जीनपिङसँग भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सि सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।