
काठमाण्डौ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गरेका छन् । भावुक सम्बोधनका क्रममा उनले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गरेका छन् ।
जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाए । उनले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाए ।
रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उनले आग्रह गरेको बीबीसीले जनाएको छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको हो ।
रुसका आविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उनले आग्रह गरेको बीबीसीले जनाएको छ । आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएको हो ।