Fri. Mar 7th, 2025

आपूर्तिमन्त्रीभन्छन् -‘साल्ट ट्रेडिङले नुन चिनीजस्ता अत्यावश्यक वस्तु अभाव हुन दिँदैन ’

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बुधबार ६१औँ वार्षिकोत्सव मनाएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा आयोजित वार्षिकोत्सवको अवसरमा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरुलाई बालहितकारी पुरस्कार र उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।

साथै, कर्पोरेशनले एसईई परीक्षामा उत्ृकष्ट अंक ल्याएर उत्तिर्ण भएका कर्मचारीका छोराछारीहरुलाई छात्रबृत्ति दिने घोषणासमेत गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आपूर्तिमन्त्री रिजालले नेपाली जनतालाई सपथ मूल्यमा गुणास्तरिय उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

मन्त्री रिजालले भने, ‘साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्नो मूल्य र मान्यताअनुरुप उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउनमा उल्लेखनीय भूमिका रहेको छ ।’

उनले सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गर्न सकुन् भन्ने ध्येयअनुसार कर्पोरेशनले कार्य नीति अवलम्वन गर्दै कृत्रिम मूल्य वृद्धिले उपभोक्तामा नकारात्मक असर नपरोस् भनी बजार अनुगमनमा सक्रियता अपनाउँदै आएको बताए ।

मन्त्री रिजालले भने, ‘नुन, चिनी जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधारणसम्म सहजरुपमा पुर्याउन र वित्तीय लगानीको भार खेपेर पनि ६–६ महिनाको सिंचिति कायम राख्दै आएको छ ।’

About The Author

अन्य समाचारहरु: