Wed. Nov 27th, 2024

बीपीले राजनीतिक चिन्तनमा देखाएको मार्गमा हिँडेका छौँ :सभापति देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् पार्टीका संस्थापक नेता बीपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताएका छन् ।

पार्टीले आयोजना गरेको आज आइतवारदेखि प्रारम्भ भएको तीन दिने बीपी साहित्य महोत्सव’ को उद्घाटन समारोहमा सभापति देउवाले बीपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरे । उनले भने , उनी राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक थिए । साहित्यिक आकाशमा सधैँ अजर र अमर नक्षेत्रको रूपमा आज पनि स्थापित भएको थियो । उनको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छौँ ।’

बीपीकै चिन्तनले देश समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बीपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताए ।

महोत्सवले बीपीले प्रतिपादन गरेको राजनीतिक विचार, उनका साहित्यिक कृति, उनले भोग्नु परेका सङ्घर्षमय जीवन गाथा र उनको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गरे ।

सभापति देउवाले समयको अन्तरालसँगै आज हाम्रो देश पनि बीपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको उल्लेख गर्दै नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भए पनि यसको मर्मअनुसार अभ्यास गर्न नपाएको धारणा व्यक्त गरे।

‘बीपी राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार थिए, सबै किसिमका विभेदविरुद्ध पनि साहित्यकार मार्फत लेख्थे । समावेशीता र सधैँ नागरिकको न्याय, समानता र स्वतन्त्रताको पक्षमा लड्ने राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पहाड झैँ उभिएका थिए’, सभापति देउवाले भने ।

अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बीपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्नु हुने उनको भनाइ छ । राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीसँग मित्रवत ढङ्गले स्वाभिमानका साथ आफ्नो देशका पक्षमा बोल्नु र निर्णय गराई बीपीको स्वभाव रहेको सभापति देउवाको भनाइ छ ।

बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवम् नेपाली लेखक सङ्घको संयोजन एवम् नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा यही भदौ २४ देखि २६ गतेसम्म चल्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा महोत्सव हुनेछ ।

About The Author

अन्य समाचारहरु: