काठमाडौं –अमेरिकी प्रविधि कम्पनी ‘एप्पल’ को बजार पुँजीकरणमा भारी गिरावट आएको छ । बिहीबार यसको सेयर भाउ २।९२५ ले घटेको छ । यससँगै दुई दिनको गिरावटमा मात्रै एप्पलको सेयर बजार पुँजीकरण करिब २०० अर्ब डलरले घटेको ब्लुमबर्गले उल्लेख गरेको छ ।
चीनले सरकारी एजेन्सी र कम्पनीहरुमा आइफोनको प्रयोगमा प्रतिबन्ध विस्तार गर्ने योजना बनाएपछि एप्पलको सेयर भाउमा गिरावट आएको हो । चीन सरकारले आफ्ना अधिकारीहरुलाई कार्यालयमा आइफोन ल्याउन वा कामको लागि प्रयोग नगर्न आदेश दिएको बताइएको छ ।
यद्दपि, चीन सरकारले हालसम्म आधिकारिकरुपमा प्रतिबन्ध बारे जानकारी गराएको छैन । बुधबार र बिहीबार गरी दुई दिनमै एप्पलको सेयर भाउ ६।४५ ले तल झरेको छ । एप्पलले चीनलाई आफ्नो सबैभन्दा ठूलो विदेशी बजार र विश्वव्यापी उत्पादनको आधार बनाएकोे छ ।
पछिल्लो समय चीनको अर्थव्यवस्थामा देखिएको संकुचनका कारण मागमा कमी आउने अनुमान भइरहँदा चिनियाँ सरकारले आइफोनमा प्रतिबन्द लगाएको हो । जसका कारण एप्पलको बजारमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।