Tue. Nov 26th, 2024

सुन तस्करीको नयाँ तथ्य हङकङमा भेटियो


काठमाडौं – ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ

२ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरिरहेको छ ।

सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् । बिहीबारमात्रै बाराका सुनचाँदी व्यवसायी शिवकुमार सफर पक्राउ परेका छन् । उनीमाथि तस्करीको सुन बिक्री वितरण गर्ने र भारतसमेत पठाउने गरेको खुलेको छ ।

यसअघि राजस्व अनुसन्धान विभागको टोलीले १८ जनालाई पक्राउ गरेर सीआईबीलाई बुझाएको थियो । सुन तस्करी प्रकरणमा हालसम्म तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङ, याहो पेचिङसहित ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।

६१ किलो सुनका मालिकमध्ये याहो पेचिङ प्रमुख रहेको अनुसन्धानबाट खुलेको छ । उनी ठूलो मात्रामा सुनसहित यसअघि भारतमा समेत पक्राउ परेको खुलेको छ । उनीहरूबाहेक एकजना तिब्बती मूलका भारतीय नागरिक र विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित २७ जना पक्राउ परेका हुन् ।

हाललाई सुन प्रकरणको पूरक अनुसन्धान गर्न मिल्ने गरेर अनुसन्धान प्रतिवेदन आगामी मंगलबारसम्म बुझाउने तयारी सीआईबीको छ । सुन तस्करीको अनुसन्धान सीआईबीले संगठित अपराध मुद्दा चलाएर गरेको थियो । संगठित अपराधको अनुसन्धान प्रहरीलाई ६० दिन थुनामा राखेर गर्न मिल्ने कानुनी व्यवस्था छ ।

मंगलबार तस्करी प्रकरणमा अनसन्धान सुरु भएको ५६ दिन पुग्छ ।

About The Author

अन्य समाचारहरु: