
मकवानपुर, चितवन र धादिङमा भोली सार्वजनिक बिदा दिएको छ । चेपाङहरुको राष्ट्रिय पर्व न्वागी छोनामको अवसरमा बाग्मती प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो ।
बाग्मती प्रदेशका तीन जिल्ला मकवानपुर, चितवन र धादिङ चेपाङ समुदायको बाहुल्य रहेको क्षेत्र भएकाले ती जिल्लामा पर्वका लागि बिदा दिइएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री गंगानारायण श्रेष्ठले बताए।