काठमाडौं – जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेको छ । बिहीबार प्रतिसनिधिसभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै उपाध्यक्ष अब्दुल खानले यस्तो माग गरेका हुन् । नेपाल र भारतको सम्बन्धमा बोल्ने अधिकार चिनियाँ राजदूतलाई नभएको भन्दै उपाध्यक्ष खानले चिनियाँ राजदूतसँग स्पष्टीकरण लिनसमेत माग गरेका छन् ।
उनले भने, ‘नेपाल र भारतको सम्बन्धमा विषवमन गर्ने, वैमनश्यता लगाउने काम गर्न खोजिएको छ । यो घोर निन्दनीय छ । यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्त परराष्ट्र मन्त्रालयले स्पष्टीकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ भन्ने माग जोडदार रुपमा गर्दछु ।’