Fri. Jan 31st, 2025

१६ वर्षमुनिको साफ च्याम्पियनशिपको समूह चरणबाट भारतसँग पराजित हुँदै नेपाल बाहिरियो

काठमाण्डौ – नेपाल १६ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

आज बुधवार भुटानको थिम्पुमा भएको खेलमा भारतसँग १–० गोलले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतका लागि मोहम्मद अरबासले खेलको ३३ औँ मिनेटमा गोल गरे ।

समूह एु मा रहेको नेपाल अस्ति सोमवार भएको पहिलो खेलमा बङ्गलादेशसँग १–० गोलले पराजित भएको थियो । नेपाल बाहिरिएसँगै भारत समूह ुएु को विजेता र बङ्गलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

यस्तै समूह बी बाट पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ । आजै हुने माल्दिभ्स र भुटानबीचको खेलबाट सेमिफाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

About The Author

अन्य समाचारहरु: