Tue. Nov 26th, 2024

चाडपर्वका बेला कालोबजारी र ठगीलाई रोक्न सरकारलेअसोज १ गतेदेखि टोली परिचालन गर्ने

रकारले दशैँलगायत मुख्य चाडपर्वको बेला हुने कालोबजारी र ठगी रोक्न गर्न जिल्ला प्रशासन कार्यालयसहित उपभोक्तासँग सरोकार राख्ने नौ वटा विभागका अधिकारी सम्मिलत कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने भएको छ ।

चाडपर्वमा हुने कालोबजारी र मनलाग्दी मूल्यवृद्धि रोक्न असोजको १ गतेदेखि कम्तीमा १० वटा विशेष टोली परिचालन गर्ने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिए । बजार अनुगमनमा जाने विशेष टोलीमा वाणिज्य, आन्तरिक राजस्व, खाद्य प्रविधि तथा गुण नियन्त्रण, स्वास्थ्य सेवा, औषधि व्यवस्था, गुणस्तर तथा नापतौल, कृषि, पशु सेवा, पर्यटन विभाग र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।
बैठकले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमनको अधिकार प्रत्यायोजन गर्नुको साथै सात सय ५३ वटै पालिकामा बजार अनुगमनको व्यवस्था गर्ने निर्णय गरेको छ ।

About The Author

अन्य समाचारहरु: