Mon. Nov 25th, 2024

सभापति देउवा भन्छन् – ‘चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्छ ’

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएको छ ।


मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा सभापति देउवाले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताए ।उनले नेपालसँग बिजुली किन्ने भनेको भारत मात्रै भएकाले नेपालले कि बिजुली नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरूमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । भारतले भनेका कुरा नमान्ने हो भने बिजुली नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हितमा काम गर्नुपर्ने बाध्यता रहेको देउवाको भनाइ थियो ।

उनले भने, चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । कोसँग कति बोल्ने, कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारत दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सकिन्छ तर छिमेकी बनाउन सकिँदैन । चीन र भारतलाई बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । कि हामीले बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ ।ुबायर ले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन ।’

About The Author

अन्य समाचारहरु: