Tue. Apr 8th, 2025

राष्ट्रिय सभाले सरकारलाई बाँकी ४० वटा कानुन बनाउन निर्देशन

काठमाण्डौ – राष्ट्रिय सभाले संघीयता कार्यान्वयनका लागि बन्न बाँकी कानुनहरु तत्काल बनाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले तयार पारेको ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन’ प्रतिवेदनलाई छलफलपछि पारित गर्दै राष्ट्रियसभाले कानुन निर्माण गर्न ध्यानाकर्षण गराएको हो ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानुन बनाउने प्रक्रियालाई सरकारले प्राथामिकतामा राख्नेछ भन्ने विश्वास लिएको बताए ।

समितिले तयार पारेको अध्ययन प्रतिवेदनमा संघीयता कार्यान्वयनका लागि संघले बनाउनुपर्ने ४० वटा कानुन अझै बन्न नसकेको उल्लेख छ ।

संघीय कानुनको अभावमा प्रदेश तथा पालिकाले समेत कानुन बनाउन नपाएको प्रतिवेदनमा भनिएको छ । संविधान जारी भएपछि सरकारले एक सय ९१ वटा कानुन बनाइसकेको जानकारी दिँदै उनले अब बाँकी कानुन बनाउन सरकारले योजनाबद्ध काम गर्ने बताए ।
उनले संघीय निजामति विधेयक संसदमा दर्ता गर्नका लागि भोलि बस्ने मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्ने जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: