Tue. Nov 26th, 2024

पोखरामा अन्तर्राष्ट्रिय उडान भर्न केहि समय लाग्छ :अर्थमन्त्री महत

पोखरा — पोखरा विमाननस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुलाई सरकारले गम्भीर रूपमा लिएको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औं वार्षिक साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले विमानस्थल ‘फुल फेज’मा चल्न केही बाधा व्यवधान रहेकाले त्यसलाई हटाउन जरुरी रहेको बताए ।

‘ओभरकस्टमा बनेको यो विमानस्थलको साँवाब्याज तिर्ने अवस्थामा आयो तर अहिले रनिङ कस्ट पनि उठाउन सकिरहेका छैनौं,’ उनले भने, ‘जनताले तिरेको करबाट गरिएको लगानी कसरी रिटर्न भन्ने चुनौती हामीसँग छ ।’

कार्यक्रममा पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय उडान नभएको, मुग्लिन(पोखरा सडक स्तरोन्नतिमा भएको ढिलासुस्तीले पर्यटक आगमन ठप्प भएको, बैंकको ब्याजदर चर्को भएको, कर वृद्धि भएको लगायत गुनासो अर्थमन्त्रीलाई सुनाएका थिए ।

अर्थतन्त्र सकारात्मक बाटोतर्फ उन्मुख भएकाले पोखराको भविष्य पनि उज्ज्वल रहेको बताउँदै अर्थमन्त्री महतले धैर्य गर्न व्यवसायीलाई आग्रह गरे । ‘द्वन्द्व, भूकम्प, कोरोना महामारी सब भोगेर आएको छ पोखराको पर्यटनले,’ उनले भने, ‘विमानस्थल चलेपछि, मुग्लिन(पोखराको बाटो बनेपछि आन्तरिक पर्यटक ओइरिन्छन् । केही समय थपौं, यहाँको पर्यटनले छलाङ मार्छ ।’

About The Author

अन्य समाचारहरु: