धादिङ – जिल्ला ट्राफिक कार्यालय धादिङले यस आर्थिक वर्षमा २ करोड २५ लाख उठाएको छ ।
गत आर्थिक वर्षमा ८० लाख ५९ हजार राजश्व संकलन भएका थियो । यो गत वर्षको तुलनामा दोब्बर राजश्व संकलन हो र यो अहिलेसम्मकै सबैभन्दा धेरै राजस्व संकलन कार्य हो ।
राजमार्गमा दुर्घटना न्युनिकरण गर्नका लागि प्रहरीले सुरक्षा चेकजाँचमा तिब्रता दिन थालेपछि राजस्वमा वृद्धि भएको जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ । दैनिक जसो चालीस हजारदेखि एक लाखसम्म जरिवाना स्वरुप राजश्व संकलन हुने गरेकोे जनाएको छ । अहिले राजमार्गको ठाँउ ठाँउमा चेकजाँचलाई तिब्रता दिन थालिएको छ भने ट्राफिक प्रहरीहरुले सवारी साधनले गल्ति गरे नगरेको थाहा पाउनका लागी सवारी चालकहरुले ट्राफिक प्रहरीहरुलाई छल्ने गरेको नगरेको थाहा पाउन मोवाईल गस्ति समेत गर्न थालेका छन् ।
ट्राफिक प्रहरीका अनुसार राजश्व संकलनमा भन्दा पनि सवारी दुर्घटना न्युनीकरणका लागी ठाँउ ठाँउमा छड्के चेकजाँच र गस्ति गर्न सुरु गरिएको बताईएको छ । यसो गर्दा राजश्व पनि संकलन हुने र चालकहरुको सानो लापरवाहीका कारण सम्भाव्य ठुला दुर्घटना पनि नहुने भन्दै यसलाई अझै तिव्रता दिईने पनि जानकारी दिईएको छ ।
जति धेरै राजश्व संकलन भयो देशको आर्थिक क्षेत्र पनि मजबुज हुने ट्राफिक प्रहरीको दावी रहेको छ । यस पटक जिल्ला ट्राफिक कार्यालय धादिङले आसा गरेको भन्दा एक करोड बढी राजश्व संकलन भएको पनि जानकारी गराइएको छ ।