Sat. Mar 15th, 2025

एमालेका अध्यक्ष ओली र अमेरिकी सिनेटरबीच भेट

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष र अमेरिकी सिनेटर क्रिस भान होलेनबीच भेट भएको छ । आज आइतवार सिंहदरबारमा रहेको एमाले संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो ।

नेपाल भ्रमणमा रहेका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गरेका थिए ।

सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवम् उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताए। उनले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुने गरी टुङ्गोमा पुग्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्ने बताएको जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: