
काठकाडौं- थुप्रै कालजयी गीतका सर्जक तथा संगीतकार नारायण रायमाझी पहिलोपटक एकल साँझमा प्रस्तुत हुने भएका छन्। आउँदो शुक्रबार काठकाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा रायमाझीका केहट्ठ लोकप्रिय गीत प्रस्तुत हुने छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको पनि यो नै पहिलो एकल साँझ हो। कलाकारको सम्मान, लोककला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यसै वर्षबाट सुरु गरिएको सांगीतिक साँझ कार्यक्रमले आगामी वर्ष पनि निरन्तरता पाउने प्रतिष्ठानले जनाएको छ। ‘नारायण रायमाझी एकल साँझ’को तयारी अन्तिम चरणमा पुगेको प्रतिष्ठानले जनाएको छ।
चार दशकभन्दा लामो समय नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रायमाझीको जीवनको यो पहिलो एकल साँझ हो।
यो सांगीतिक साँझमा गायन बाहेक अन्य प्रस्तुति पनि रहने छ। कार्यक्रमको एउटा चरणमा गीति नाटक अपेरा प्रस्तुत हुनेछ। यो चरणमा रायमाझीका गीतलाई नृत्य र अभिनयमा प्रस्तुत गरिने छ। थिएटर कलाकारदेखि नृत्यंका पारंगत कलाकारसम्मले यो चरणमा प्रस्तुति दिनेछन्।
यही एकल साँझबाट रायमाझीको निर्देशनमा निर्माण भएको पछिल्लो फिल्म ‘परदेशी २’को प्रचार आरम्भ गरिने छ। आगामी दसैंमा रिलिज हुने फिल्मको कथा भन्ने खालको डेमो प्रस्तुत हुने छ।
आगामी शुक्रबार दिउँसो १ बजे सुरु हुने ‘सांगीतिक साँझ’मा दर्शकलाई पासको व्यवस्था गरिएको छ।