Fri. Feb 28th, 2025

एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई बलिङ गर्दै


काठमाण्डौ – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्ने भएको छ । खेल भने केहीबेरमा श्रीलंकाको पाल्लिकेमा शुरु हुँदैछ ।भारतले टस जितेको छ भारतले शुरुमा ब्याटिङ रोजेको छ ।

पाकिस्तानले भने पहिला बलिङ गर्ने भएको छ ।एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल हुन लागेको हो ।भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् ।

त्यसैले यी दुई देशबीचको खेललाई विश्वभर नै चर्चा र रुचिका साथ हेरिन्छ । पाकिस्तान एकदिवसीय विश्व वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत तेस्रो स्थानमा छ । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् ।समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

पाकिस्तानले आज दोस्रो खेल र भारतले पहिलो खेल खेल्न लागेको हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ । भारतले सर्वाधिक ७ पटक एसिया कपको उपाधि जितेको छ भने पाकिस्तानले दुई पटक जितेको छ ।

About The Author

अन्य समाचारहरु: