Sat. Mar 1st, 2025

धादिङमा पनि धुमधामकासाथ मनाईयो हिले जात्रा

धादिङ –धादिङमा झिंगु नेवा: समाजले आयोजना गरेको हिले जात्रा भब्य तरिकाले मनाएको छ । गाई जात्रालाई समापन गरी हिले जात्रा धुमधामकासाथ मनाएको हो ।

हिले जात्रा काठमाण्डौं भन्दा मोफसलका ठाँउहरुमा बढि प्रचलीत छ, नेवाः समुदायको इतिहास अनि सभ्यतासंग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ ।

काठमाण्डौंमा भएको गाईजात्रापछि उपत्यका बाहिरका ठाँउहरुमा हिले जात्रा मनाउने क्रम शुरु हुन्छ । झाँकि, प्रहसन, रोपाँई अनि नाचको उत्कृष्ट समागम यस हिले जात्राको महत्व अनि तवर ठाँउ अनुसार फरक फरक हुन्छ । यस जात्राको इतिहास गएर मल्लकालिन समयसँग ठोकिन्छ, मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्राको क्रम कहिल्यै रोकिएको थिएन, तर यसवर्ष कोभिड महामारीले भने हिले जात्राका लस्करहरु प्रभवित बनेका छन्

आ-आफ्नै हिले जात्राका मितिहरु रहेका छन्, सामान्यतया गाइजात्राको भोलीपल्ट, पर्सिपल्ट या यति दिनपछि भनी हिलेजात्राको मिति तय गरिएको हुन्छ । श्रावण २८ गतेलाई चाँही औपचारीक रुपमा नै हिले जात्राको सर्वमान्य मिति तोकिएको हो, आजको दिनवाट रोपाँई औपचारीक रुपमा नै सकिएको मानिन्छ, अब खेतमा रोप्न हैन गोडमेल गर्नका लागि मात्र गए पुग्छ ।

हिले जात्रामा अहिलेका युवा पुस्ताहरु सक्रिया भएको देखिन्छ । जसले गर्दा संस्कृतिलाई जोगाईराख्न र हस्तानतरण गर्न युवा पुस्ताले भुमिका खेलेको धादिङका झिंगु नेवा: समाजको विस्वास छ ।

About The Author

अन्य समाचारहरु: