
काठमाडौं –यो बर्ष आठ महिनामा ६ लाख बढी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगष्टसम्ममा ६ लाख एक हजार ३६० पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका हुन् ।
कोरोना महामारीको कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै गएको बोर्डको तथ्यांकले देखाएको छ । अगष्टमा मात्र ६७ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । जबकी २०२२ को यही महिनामा ४१ हजार ३०४ पर्यटक नेपाल आएका थिए ।
यस्तै, २०२१ अगष्टमा ६ हजार ९३ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।