
काठमाडौं- कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’को घोषणा भएको छ ।
कृषि, उद्यमशिलता र जलवायु परिवर्तनका मुद्दालाई मुख्य विषयवस्तु बनाइएको कार्यक्रमलाई अभिनेता राजेश हमालले होस्ट गर्ने भएका छन् । इ(स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर कार्यक्रमको परिकल्पना गरिएको जनाएको छ ।
शोमा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शोलाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने मास्टर होस्टको रुपमा अभिनेता हमाल छन् । जज्को भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे छन् ।
प्रेसमिटमा बोल्दै हमालले विकासका लागि व्यवसायिक कृषिसँगै कृषि क्रान्ति जरुरी रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कैंयनपटक किसानको भूमिकामा देखिएको थिएँ । अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु’ हमालले भने ।