
धादिङ- सदरमुकाम धादिङबेशीमा नेवार समुदायको लाखे नाच आजदेखि सुरु भएको छ । जनै पुर्णिमा दिनदेखि शुरूभएको लाखे नाच “धाः” बाजा बजाएर जात्रा शुरू गरिएको हो ।
अहिलेका युवा पुस्ताहरुले आफ्नो संस्कृतिलाई जोगाईराख्न लागि परेको छ ।अघिल्लो बर्षहरुमा धिमे र मादल मात्र बजाउथ्यो भने यो बर्ष “धाः” बाजा बजाई मन्दिरमा पुजा गरेर लाखे नाच सुरु गरेको छ ।
लाखे पर्वमा हुने बाजा र नाजमा युवा पुस्तानै सक्रिया बनेका छन् भने लाखे नाच्नमा युवानै अघि सरेको झिंगु नेवाः समाजका राजकुमार श्रेष्ठले बताए ।लाखे पर्व सदरमुकाममा मात्र नभई बेनीघाट, कटुन्जे, आरूघाटलगायतको स्थानरूमा पर्व मनाएको छ ।
काठमाडौं नेवार समुदायको मुख्य थलो हो । व्यापारको सिलसिलामा बाहिरिएपछि नेवारी समुदायका मानिसहरू संस्कृति संरक्षण र पहिचान स्थापित गर्नका लागि २०६२ देखि लाखेनाच, धिमेबाजा, टाकटुकेनाच आदी देखाउँदै नेवारी संस्कृति र भाषासमेत सिक्दै आएको , नयाँ पुस्ताले सिकाको युवाहरूले पर्वधान्न सक्नेअवस्थामा आइपुगेको सानुकाजी अमात्यले बताए ।

भदौ १४ गते गाईजात्राको शुरूवातमा गाई सिंगारिएको छ । मृतक परिवारको घरघरमा पुगेर गाईको पूजा गरिने छ भने व्यांगात्मक प्रस्तुतिसमेत गरिने कार्यक्रम रहेको छ । हिलोजात्रा नेवारी संस्कृतिमा सजिएकाले रोपाई गरे जसरी अभिनय गर्दै गाईजात्राको भोलिपल्ट बजार परिक्रमा गरेर समाजका अध्यक्ष गोविन्दकुमार श्रेष्ठले बताए।
संस्कृतिको संरक्षण गर्नका लागि आफ्नो भदौ १४ गते, १५ गते, २१ गते , असोज १ र २ गते लाखेसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ भने असोज २ गते लाखेजात्राको विधिवत् अन्त्य गरिने जनाइएको छ ।
संस्कृति जोगाउन नेवारी भाषा कक्षा समेत सञ्चालन गरेर नेवार समुदायले भेषभुषामै संस्कृति कार्यक्रमहरूमा सहभागि गराउने श्रेष्ठले बाताए।
हराईसकेको संस्कृति संरक्षण गर्दै नयाँ पुस्ताका लागि संस्कृति हस्तान्तरणसमेत गर्ने कार्यक्रम अन्तर्गत नयाँ पुस्ताले बाजा बजाउने, टाकटुकेनाच नाच्ने लगायतका विषयमा प्रदर्शन गर्ने झिंगु नेवाः समाजका अध्यक्ष श्रेष्ठले बताए।