Sun. Mar 9th, 2025

फराकीलो देखियो सुन तस्करीको जालो :अनुसन्धान गर्न सीआईबीका उच्च अधिकृत भारत जाँदै

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७१६ ग्राम सुनबारे अनुसन्धान गर्न एक जना अधिकृतलाई भारतमा पठाउने भएको छ ।

सुन प्रकरणबारे अुसन्धान गर्दा हङकङबाट काठमाडौँ ल्याई भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि सूचना संकलनका लागी एकजना उच्च अधिकृतलाई बिहिबार भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भारतमा पठाउन लागिएको सीआईबीले जानकारी दिए ।

भारतमा गएर ती अधिकृतले नयाँ ‘इन्टरपोल भारत’ सँग समन्वय गरेर सूचना संकलन गर्नेछन् । दिल्लीस्थित नेपाली राजदूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सामेल गरिएको छ । चतुर्वेदीले भारतबाटै अनुसन्धानमा सघाइरहेका छन् ।

चतुर्वेदीसँग समन्वय गरेर ब्यूरोले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई बुधबार पक्राउ गरी काठमाडौँ ल्याएको छ । सोही सुन तस्करी प्रकरणको सूचना संकलनका लागि सीआईबीले प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ ।

About The Author

अन्य समाचारहरु: